गजल

-  नाकिमा
घरभित्रै छाता ओड्छ गरिबी ।
संविधानमा नाता ओड्छ गरिबी ।

सहरतिरै सम्पन्नताका सिरकहरु,
हिउँचुलीको गाता ओड्छ गरिबी ।

रातभरि घरबारी नामसारी,
तमसुकको खाता ओड्छ गरिबी ।

एक छाक मकै अर्को छाक भोकै,
अनिकालको दाता ओड्छ गरिबी।

यहाँको कानून् अदालत जानून्,
अन्यायको बाटा ओड्छ गरिबी ।
- ebatika@gmail.com