गजल

 - बलबहादुर रावत सानु’
इतिहाँस मै हेर्नुस न नेपाली वदनाम हुँदैछ ।
मच्चाई उदण्डता बोल्दैछ फेरी काम हुँदैछ ।

दुनियाँमा सबैभन्दा पैसा ठूलो भएपछि,
कस्तो बेज्जत पैसामा ईज्जत लिलाम हुँदैछ ।

शहरदेखि सडकको सवाल गर्नु हिजो आज,
घरभित्र जय नेपाल लाल सलाम हुँदैछ ।

सीता हरण गर्ने रावण ऋषि मात्र भएको थ्यो, 
तर यहाँ सीता पाउन सोझो मान्छे राम हुदैछ ।

मान्छेको सयर मान्छे घोडा चढेर मान्छेको,
कलि युगमा मान्छे मान्छेकै निम्ती लगाम हुँदैछ ।

विकासको नाममा मुलुक विनास हुँदैछ दिन प्रतिदिन,
नानाभाँती बन्द हड्ताल चक्का जाम हुँदैछ ।
- चुहा–९ कैलाली