गजल

 - रोशन आचार्य
कसरी पो काटौं अब विरहका रातहरु ।
छोडीजाने निर्मोहीका आईदिन्छन् मातहरु ।

भन्नलाई त भुलीदिँए, सारानाता तोडिदिँए,
तर अझ सताउछन्, पापिनीका हातहरु ।

साराखुशी जुटाई दिंए, हाँसो सारा लुटाईदिंए,
बदलामा चोटदिई ,घात माथी घातहरु ।

साथ दिदा घात भयो, उस्कै ठुलो जीत भयो,
अटुट मेरो चोखो प्रेमलाइ, लगाईदिइ बातहरु ।
 - सिजुवा–७,सौंठा - हाल –ईटहरी