गजल
जलिरहेको मन नरुझाउंदै बस्यो झरी ।
हृदय भरिएको बांध नफुटाउदै बस्यो झरी ।मरुभुमी बनेर अतित एकान्त झस्काउछ,
बन्जर दिलको प्यास नबुझाउंदै बस्यो झरी ।
लुकामारी खेल्दै जून औंशी खन्याईगयो,
मदहोश बतासिने वैंश नउदाउंदै बस्यो झरी ।
क्षितिजसरी चोखो माया भाकेर बन्धकी,
अजम्बरी प्रितको नासो नफुकाउंदै बस्यो झरी ।