गजलकार जोशीलाई दीनानाथ प्रतिभा पुरस्कार

 कैलाली, यस बर्षको दीनानाथ प्रतिमा पुरस्कारबाट कैलाली धनगढीकी गजलकार एवंम कवियत्री हेमन्त्री जोशी सम्मानित हुनु भएको छ । 
कैलाली जनपुस्तकालयले स्थापनाको ५३ औँ बार्षिकोत्सवको अवसरमा माघ ७ गते शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा गजलकार जोशीलाई सम्मान गरेको हो ।
सुदूरपश्चिमको भाषा र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएवाफत यस क्षेत्रकै नारी हस्ताक्षर जोशीलाई नगद ५ हजार एक र सम्मानपत्र प्रदान गरिएको हो । बार्षिकोत्सवको अवसरमा गीत, गजल कविता तथा सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।