गजल

– रमेश बस्ताकोटी

उनको लागी यो मुटुमा ठाउँ छ भन्दिनु ।
छिट्टै फर्की गाउँ तिर आउँछ भन्दिनु ।

बिर्सीएको छैन मैले बनपाखाका भाकाहरु,
तिम्रै नामको गीत बनाई गाउँछ भन्दिनु ।

तालखोलामा नुहाउन गा’को अझै भुल्या छैन,
आजकल त आँसु ले नै एक्लै नुहाउँछ भन्दिनु ।

भन्छिन् होली निष्ठुरीले भुलिगयो मलाई,
सधै रातमा सिरानी भि–जाउँछ भन्दिनु ।

रहर होईन बाध्यताले टाढा बस्नु परेपनि,
फर्की आउँदा मायाको पोकै ल्याउँछ भन्दिनु ।
- भरतपुर–१० चितवन