गजल
कहिले काही हामीले दुःखद खबर सुन्नुपर्छ । अनि हुन्छ पनि यस्तै केहि दिन अगाडी बर्दियामा यस्तै दुःखद घटनामा तीन जनाको ज्यान गयो । बर्दियाको दु:खद घटनामा मारिनुभएका दिदिबहिनिको सम्झना... एव द्वन्दको क्रममा मारिनुभएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा
समर्पित...... गर्दै सुरेश ज्योतिपुण्जले प्रेषित गर्नुभएको यो गजल .....
कहिले नफुट्ने जनताको यो बोली जिन्दाबाद ।
तिनै निमुखालाई सिध्याउने गोली जिन्दाबाद ।
बगाइदिये भईगो रगत अरुको चाहिये जती,
खेल उही रातो रङ्गको फेरी होली जिन्दाबाद ।
बेपत्ता पार्ने पहिला,पछी पक्राउ पर्यो भन्ने,
बगाए हुन्छ लास त्यसमा खोली जिन्दाबाद ।
बन्दुक पनि भेटियो रे, बारूद पनि सङ्गै;
जङ्गलमा छरपस्ट छन चोली जिन्दाबाद ।
पुरानै छ सिकारी यहाँ पुरानै छ सिकार,
मौन किन तर अनुसन्धान टोली जिन्दाबाद ।
बेचिदिन्छन मिलेर देश, ठीक्क पर्छ अनी,
आजभन्दा हाम्रो सुनौलो भोली जिन्दाबाद ।