गजल

उमा सुवेदी
उनकै यादले हरपल यो मन, सताएको थाहा पाएँ ।
सम्झनामा यी परेली, रसाएको थाहा पाएँ ।

प्रेम गर्छु भनुँ भने, रिसाउने पो हुन् कि कतै,
उनैलाई यो दिल भित्र, लुकाएको थाहा पाएँ ।

जुनेलीमा, बिहानीमा, उनकै रूप जताततै,
तस्विरले मुस्कुराइ, स्क्याएको थाहा पाएँ ।

आधी यात्रा सँगसँगै,  उनीसँगै पूरा गर्ने ,
बाटो हेर्दै कल्पनामा,  हराएको थाहा पाएँ ।