गजल
किरण महत
तिम्रो र मेरो रगतको रङ्ग उस्तै उस्तै
बाहिरी भित्री शरिरका अङ्ग उस्तै उस्तै ।
दलित भनि समाजले नाम दिए पनि ,
खाने–बस्ने सास फेर्ने यी ढङ्ग उस्तै उस्तै ।
दुःख पर्दा रुने मन छ जस्तै तिम्रो पनि,
हर्षित हुदाँ हर्षका उमङ्ग उस्तै उस्तै ।
सोच तिमी होच्याउदा तिमीलाई के पर्छ,
मनमा उठ्ने आवेशको जङ्ग उस्तै उस्तै ।
अन्याय र अत्याचारको शिकार हुन्छ जो,
सबैले गर्ने विद्रोहको तरङ्ग उस्तै उस्तै ।
तिम्रो र मेरो रगतको रङ्ग उस्तै उस्तै
बाहिरी भित्री शरिरका अङ्ग उस्तै उस्तै ।
दलित भनि समाजले नाम दिए पनि ,
खाने–बस्ने सास फेर्ने यी ढङ्ग उस्तै उस्तै ।
दुःख पर्दा रुने मन छ जस्तै तिम्रो पनि,
हर्षित हुदाँ हर्षका उमङ्ग उस्तै उस्तै ।
सोच तिमी होच्याउदा तिमीलाई के पर्छ,
मनमा उठ्ने आवेशको जङ्ग उस्तै उस्तै ।
अन्याय र अत्याचारको शिकार हुन्छ जो,
सबैले गर्ने विद्रोहको तरङ्ग उस्तै उस्तै ।