गजल
मनले चाहेर नी तिम्रो हुन सकिनँ म ।
कसम खाएर नी तिम्रो हुन सकिनँ म ।प्रेम पाएँ, विश्वास पनि पाएँ तिमीबाटै,
सारा खुसी पाएर नी तिम्रो हुन सकिनँ म ।
भनेको थें जुनी जुनी हुन्छु तिमीसंगै,
मन्दिर धाएर नी तिम्रो हुन सकिनँ म ।
वाध्यता र विवशताहरु नसोचेकै हुदाँ रै’छन्,
चोखो प्रीत लाएर नी तिम्रो हुन सकिनँ म ।
पछ्याउँदा थाकिसकें तिमीलाई पाउछु भनी,
पछिपछि आएर नी तिम्रो हुन सकिनँ म ।
खुमेल, रोल्पा