आचार्य प्रभा
खोजिन धन तिम्रो मायामा ।
लुटाएँ मन तिम्रो मायामा ।
प्रेमको अर्थ थाहा भएन ,
बुझाई भन तिम्रो मायामा ।
फुलेर झर्छु तिम्रै छात्तिमा,
सुम्पेछु तन तिम्रो मायामा ।
बिरुवा बनी उम्रेँ दिलमा,
जोगाइ खन तिम्रो मायामा ।
पाइन साथ सत्य कहिल्यै,
छ आफ्नो पन तिम्रो मायामा ।