गजल
सुरेश ज्योतिपुञ्ज
हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर ।
तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर ।
सुनाउँदा कथा आफ्नै, बिर्सिएछु तिम्रो कथा,
बैगुनी भै गुन खोजेँ , आज मलाई माफ गर ।
न त खस्यो मेरो आसुँ,न त मुस्कु'राउनै सके,
सङ्गै हास्न रुन खोजेँ ,आज मलाई माफ गर ।
बालुवाको राशी देखेँ , केलाएर हेरेँ कति ,
हिरामै लौ सुन खोजेँ,आज मलाई माफ गर ।
भेट्ने हो कि आँफैलाई,तिमीलाई खोजेपछी,
किन खोजेँ कुन खोजेँ ,आज मलाई माफ गर ।
धेरैचाहि एक्लै लेखे, कमै लेखे मिली सङ्गै,
गजलमै धुन खोजेँ ,आज मलाई माफ गर ।
नगिचैको तिर्थ हेला,ज्योतिपुञ्ज लाटो हजुर ,
तलाउमा जुन खोजेँ, आज मलाई माफ गर ।