गजल

सबिना सिन्धु

ढुङ्गो फुटाउनु र लेख्नू कविता
आगो कुल्चनु र लेख्नू कविता

शान्ति कोर्नु, मलम लगाउनू
युद्ध बिथल्नू र लेख्नू कविता

आँखा च्यातेर पर्दा उघारी
धर्ती नियाल्नू र लेख्नू कविता

समयको रङ्गमा चढेर अफैं
शित छिचल्नू र लेख्नू कविता ।
sabinasindhu@gmail.com