गजल
यवन खतिवडा
एकान्तमा सुमसुम्याउन, तिम्रै लागि हात बन्छु ।
तिम्ले एक्लै विताउने, विछ्यौनाको रात बन्छु ।
थाहा छैन किन आज, घर कोठा सिङगा¥यौ रे,
जवानीको प्यास मेट्न, मदीराको मात बन्छु ।
धेरै पढ्छौ सुनेकोथें, ¥याक भरि किताब छन रे,
तिम्ले राख्ने ¥याक भित्रको, प्रेमकथाको खात बन्छु ।
तिमी बाहुन म दलीत, विहावारी हुन्न भन्छौ,
बाहुन छोडी तिमीलाई, सुहाउदो जात बन्छु ।
एक्लै भेट्दा एकान्तमा, कर्के नजर किन हान्छौ
नजर जुधेपछि हुने, मन भित्रको वात बन्छु ।
कहिले होला तिमीलाई, डोली चढाइ भित्राउने,
सुहागरातमा घुम्टो फुकाई, जिवन भरलाइ साथ बन्छु ।
डाढी गुरासें–२ सिन्धुली