गजल

कृष्णउदाशी
कुन सहिदको सपना हो शहर बन्द भो ।
उषाकालीन बिहानको प्रहर बन्द भो ।

सपना थ्यो भोकाहरू भोको पेट भरुन्,
कस्को कारण विकासको लहर बन्द भो ।

आँधी आयो हुरी आयो आस्था ढल्यो पनि,
सबलहरू निर्वल भए अधर बन्द भो ।

समयको चल्यो राज्य परिवर्तन रोकिएन,
भन्नुमात्र रगतको नहर बन्द भो ।

भन्नलाई त भन्थे सबको हातमा कलम हुन्छ,
खोइ त हतियारसँग खेल्ने रहर बन्द भो ।