गजल

तिर्थ 'यात्री' पौडेल
आज फेरी फुलेर आयौ ।
हँसिली छौ खुलेर आयौ ।

लोग्ने मान्छे भ्रमरा भन्थौ,
कती गाँउ डुलेर आयौ ।

पिउन पनि थालि छौ नि,
नशामा झम्म झुलेर आयौ ।

मपाईत्वको अहंकारमा,
आफ्नोपन भुलेर आयौ ।