गजल
मोहन अधिकारी
तिमी गयौ अब मालाई बुझिदिने कोही छैन ।
आँशु झर्दा आँखाबाट पुछिदिने कोही छैन ।
त्यो झरीमा हामी दुवै सँगसँगै रुझे थियौँ,
यो झरीमा मेरो साथ रुझीदिने कोही छैन ।
तिमीलाई त महलले सारा खुसि दिन्छ अब,
मेरो लागि त्यति ठूलो खुसि दिने कोही छैन ।
रित्तो भयो गाउँ सबै रुन थाले मन्दिरहरु,
विचरा त्यो मर्ूर्तिलाई पुजिदिने कोही छैन ।
घर छोडी टाढा कतै जान लाग्दा पनि,
साइतको टिका भनि मुछिदिने कोही छैन ।
मृत्यूपछि "मोहन" यो बेवारिसे भइदिँदा,
दांहसंस्कार गर्न पनि जुटिदिने कोही छैन ।