गजल
जून बिर्सिएँ तारा घाम बिर्सिएँ ।
अन्योलमा प्रीय आफ्नै नाम बिर्सिएँ ।
पूरा यो जीवन रामायण बनेपछि,
को हुन सीता लक्ष्मण, राम बिर्सिएँ ।
कुन ऋतु बसन्त कुन शिशिर हो,
अस्तित्वको लडाँईमा याम बिर्सिएँ ।मायाको बजारमा भाउ चढेको छ,
के काम र प्रेम पत्र खाम बिर्सिएँ ।कागजको पानामा ईश्वरको खोजी,
मर्नु बाँच्नु के अर्थ भो माम बिर्सिएँ ।