गजल

भाष्कर काजी
कति खुल्ला भइछौ तिमी, किताबको पाना जस्ती ।
हात हातमा डुली हिँडने गुडिया र नाना जस्ती ।

भाउ खोजी क्यार्छै अब, तिम्रो त ताल यस्तै हो,
मुठी भित्रै अटाउँछ्यौ पाथी होइन माना जस्ती ।

रुप सुनै भै क्यार्र्ने, ठाउँ नै तिम्रो अगतिलो भो,
भूइँभरि छरिइछ्यौ पो कुखुराको दाना जस्ती ।

जानिनछौ भन्छु म, तिम्ले आफ्नो जात थाम्न,
कता कता क्यै नपुगेको पेट नभर्ने खाना जस्ती ।

न मन भर्छ न तन ढाक्छ, तिम्रो त्यो थोत्रो रुपले,
छेउ टुप्पा क्यै नपुग्ने तिमी सुक्का आना जस्ती ।