गजल

सुरज पौडेल
मैले दिएको कथित आघातले, प्रेम गर्न सिकायो ।

त्यहि एकरातको बार्तालापले, प्रेम गर्न सिकायो ।
शायद म निष्ठूरी बनें, भएको माँया पोखेर हिंड्दा,
डरायौ तिम्रो आर्तनाद आलापले, प्रेम गर्न सिकायो ।

खुसी थियौ या दुखी, परेली त धेरै भिजायौ क्यारे,
पगालेर मलाई अश्रु बर्षात्ले, प्रेम गर्न सिकायो ।

अहम् त कहाँ हुँदैन र साथी मायाँ पनि त थियो,
सबेरै छुटाएको पदचापले, प्रेम गर्न सिकायो ।