गजल
धीरेन्द्र अनुरागी
आवाद बिनाको उजाड सहर भो जिन्दगी ।
भित्र भित्रै मक्किसकेको खण्डहर भो जिन्दगी ।
कस्तो दुर्भाग्य टुटीदिए सपनाहरु पनि,
बिपनी नि भत्के, रहरै रहर भो जिन्दगी ।
बाँच्नुको नाममा हरपल मरिरहेछु सधैं,
अरुलाई अमृत, मेरालागि जहर भो जिन्दगी ।
जब निखारेर हेर्छु जिंन्दगी, किन यस्तो लाग्छ ?
दिलबाट निस्केको आसुको नहर भो जिन्दगी ।
आवाद बिनाको उजाड सहर भो जिन्दगी ।
भित्र भित्रै मक्किसकेको खण्डहर भो जिन्दगी ।
कस्तो दुर्भाग्य टुटीदिए सपनाहरु पनि,
बिपनी नि भत्के, रहरै रहर भो जिन्दगी ।
बाँच्नुको नाममा हरपल मरिरहेछु सधैं,
अरुलाई अमृत, मेरालागि जहर भो जिन्दगी ।
जब निखारेर हेर्छु जिंन्दगी, किन यस्तो लाग्छ ?
दिलबाट निस्केको आसुको नहर भो जिन्दगी ।