गजल

आयुष चौधरी
नेपथ्यमा विलिन भयौ मैले देख्दा देख्दै ।
तप्प आँशु खस्यो सानु गजल लेख्दा लेख्दै ।

मनको देउता मन भित्रै कहिल्यै बोल्ने होइन,
गयो सारा जवानी यो दैलो टेक्दा टेक्दै ।

जतन गरि राखेको थिए मनका पिर ब्यथा,
तर आज भत्क्यो बाँध मैले छेक्दा छेक्दै ।

एक नजरमै तनमनले मुटु भित्रै राख्दा,
साह्रो भयो व्यथा झन आज सेक्दा सेक्दै ।