गजल
कपिल अन्जान
सोचेभन्दा फरकमा आएर उभिएँ ।
आखिर त्यै सडकमा आएर उभिएँ ।
गन्तव्यमा कत्ति संघर्ष गरे कत्ति,
उभिएँ फगतमा आएर उभिएँ ।
बाजेले न जा, न जा त भन्थे,
क–कसको संगतमा आएर उभिएँ ।
नफर्किन सक्छु न जान सक्छु,
त्यस्तो बखतमा आएर उभिएँ ।
अबदेखि गजल लेख्ने नै छैन,
अन्तिम सपथमा आएर उभिएँ ।
सोचेभन्दा फरकमा आएर उभिएँ ।
आखिर त्यै सडकमा आएर उभिएँ ।
गन्तव्यमा कत्ति संघर्ष गरे कत्ति,
उभिएँ फगतमा आएर उभिएँ ।
बाजेले न जा, न जा त भन्थे,
क–कसको संगतमा आएर उभिएँ ।
नफर्किन सक्छु न जान सक्छु,
त्यस्तो बखतमा आएर उभिएँ ।
अबदेखि गजल लेख्ने नै छैन,
अन्तिम सपथमा आएर उभिएँ ।