गजल

प्रकाश काफ्ले एटम

बितिराछन् दिनहरु अझै कति टार्छेउ सानु ।
छैन भने मेरो माया ठिक्क किन पार्छेउ सानु
 
बचनैले जोडि माया मौनताले तोड्छेऊ भने......
तर्कि हिड्छु आफैँ बरु किन काडा बार्छेउ सानु ।

हात समाई जिन्दगीमा साथ दिन नसक्नेले
झुटो कसम खाई खाई किन तारा झार्छेउ सानु ।

ओखती हो तितो हुन्छ भनि बिष पिलाएर
धर्म गर्न मठ मन्दिर के का लागि चार्छेउ सानु ।

तिम्रै यादमा तड्पी तड्पी कुरिराछु अन्तिम शैया,
सक्छेउ भने मलाई मार माया किन मार्छेउ सानु ।