गजल
अर्कै शहर प्यासको पानीको शहर अर्कै ।
भोका कता छन् कता दानीको शहर अकै ।
बेखबर छन् सबै अमुल्य सम्पदा देखि,
भरि भराउ अनेकौ खानीको शहर अर्कै ।
ऐस आराम मोज मस्ति बेगल भईगए,
बल्ल छाक टार्ने जिन्दगानीको शहर अर्कै ।
रगतमा जोश भए कहाँ के हुँदैन थियो र,
योग्य र लगनशिल बानीको शहर अर्कै ।
लक्का जवान भए पनि एक्लै छु अझैसम्म,
मलाई सुहाउने सानीको शहर अर्कै ।
+ भोजपुर