गजल

गोविन्द काफ्ले
आफै गल्ति गर्दा गदै अरुलाई भन्नु हुन्न ।
देश बनाउने हामीले हो नार्मद बन्नु हुन्न ।

हुन्छ भने जुटौ न त फोस्रा गफ नगरौ भो,
समयले नेटो काटयो खाली दिन गन्न हुन्न ।

भिन्न बाटो हिँडे पनि पुग्ने आखिर एकै ठाँउ,
जाल गरी आफै पुर्ने खाडल यहाँ खन्नु हुन्न ।

व्यवहारले पुष्टि गरौ विगतलाई हेर्दै अब,
आदर्शले मात्र यहाँ भोको पेट टन्न हुन्न ।