गजल

गणेशकञ्चन भारती

हातमा सवको मशाल हुनुपर्छ ।
छाती अझ धेरै  विशाल हुनुपर्छ ।

अनिवार्य भैसक्यो बिद्रोह अब,
यस्पटक नभए अर्को साल हुनुपर्छ ।

स्वधिनताका लागी बरु किन नमर्ने ?
नत्र विदेशीको दलाल हुनुपर्छ ।

अधिकार काठमाण्डौलाई मात्रै किन ?
कर्णालीलाई पनि फालाफाल हुनुपर्छ ।

जुटौ लागौ  न त एकपटक सबै सबै,
अब साच्चिकै नयाँ नेपाल हुनुपर्छ ।