गजल
दुनियाँले तिम्रो असली रुप देखिसक्यो ,
झुक्याएर अब कस्को दिल दुखाउछौ र ?
स्वार्थले भिजेको तिमि शिरदेखी पाऊसम्म,
चिसो मन अब कुन घाममा सुकाउछौ र ?
चिसो मन अब कुन घाममा सुकाउछौ र ?
जानी जानी बन्चरोले काट्यौ आफ्नै घुडा,
धिक्कार्दै आफैलाई किन खाटा उप्काउछौ र ?
धिक्कार्दै आफैलाई किन खाटा उप्काउछौ र ?
चोखिनलाई आफु को को लाइ हप्काउछौ र ?