गजल

रामकृष्ण अनयास
नजाउ प्यारा देश छाडी एक्लैआज पर्छिन आमा
बिरामी छन् जेठ चौधमा फेरि अब मर्छिन आमा ।

सबै छोरा भ्रष्ट्रजालि यिन्ले छोको खान्ऩ भन्दै
मातृभुमि चोखो पार्न सुनपानि छर्छिन आमा ।


संबिधान देख्ने यिन्को ठुलो धोका हुदा आखिर
न बेच है देश भन्दै रुवाबासी गर्छिन आमा ।

सत्ता भत्ता खादै दरवार, धाउने छ सय एकलाई
मारे देखुन पुण्य पाउदै स्वर्गतिर तर्छिन आमा ।