गजल

नबिन परबाशी 
चाह यो मनमा उमारीन मैले!
ब्यर्थैमा जीबन उधारीन मैले!!

फूलको धारले म रेटिएको थिए!
गुलाबलाई अब मुसारिन मैले!!


प्रसाद नचढाई कोही बन्छ आफ्नो ?
भागवान पनि पुकारिन मैले!!

दुख पिडा त भोगाइ न हो ठानेँ
निरिह भै आँशु झारिन मैले!!

भिड्दै छु म त जीन्दगीमा एक्लै
स्वार्थी यो सन्सार गुहारिन मैले!!