गजल
![]() |
कपिल ज्ञवाली |
कपिल ज्ञवाली ‘जिज्ञासु’
जहाँ माया त्यहि हुने, घातहरु धेरै ।
टुंगो छैन जीवनको, बातहरु धेरै ।
हं मा हं थप्नेहरु हुदाँ रैछन् बैशहुंदा,
चिठ्ठी अब चांहिदैन, खातहरु धेरै ।
सूचना र प्रबिधिले माया सांघुरियो,
गफि बने मोवाईलका, रातहरु धेरै ।
बिश्वासनै नभए त किन साथ माग्नु ?
धोका दिने धोकेबाजका, जातहरु धेरै ।
अलग्गिनै उचित लाग्छ तनावैले हो की ?
खानु किन ‘जिज्ञासु’ले, लातहरु धेरै ।
kplgyawali3@gmail.com