गजल मञ्चमा सावित्रा

उर्लाबारी गजल मञ्चको शनिवार सम्पन्न चौथो साधरण सभाले सावित्रा याक्खाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
गजल मञ्चको उपाध्यक्षमा युवराज काफ्ले इवन , सचिव मञ्जु आचार्य, सहसचिव सहिदनेपालीनयन र कोषाध्यक्षमा रिना प्रधान रहनुभएको छ । यस्तै सदस्यहरुमा बविता घिमिरे , ममता घिमिरे, यज्ञ परिश्रमी , नवराज निरौला, नविना बस्नेत र तेजन खड्का रहनुभएको छ । सल्लाकार सदस्यहरुमा केशब राई , मिश्र बैजयन्ती जयधर्म अचार्य र महेन्द्रजंग तामाङलगायत रहनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साबित्रा याक्खाले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्षद्धारा प्रस्तुत कार्यक्रम योजनामा मासिक साहित्यक कार्यक्रमलाई निरन्तरता दिने, संस्थाको आर्थिक स्रोतको पहिचान गर्ने , साधरण सदस्यहरुको संख्या बिस्तार गर्ने, गजल मञ्चले प्रकाशन गर्दै आएको प्रकाशन बन्द भएको ‘सम्बन्ध’ द्वैमासिक पत्रिका पुन प्रकाशन गर्ने , पुस्तक प्रकाशन गर्ने लगायतका कार्यक्रम छन् । कार्यक्रममा कृष्णउदाशी को सभापतित्व र मिश्र बैजयन्तीको प्रमुख आतिथ्य रहेको थियो ।