गजल


- एन बी अन्जान
यसपालीको दसैमा आउन पाइन आमा ।
रातो टिका जमरा लाउन पाइन आमा ।

कति थिए दू :ख सुख साटासाट गर्न बाकि,
संगी सग मालसिरी गाउन पाइन आमा ।

सामन्तको जालो भित्र गुहार माग्दै छटपटीदा,
एक थोपा पानी पनि ख्वाउन पाइन आमा ।

एकै छाक पारे देस म त काल कोठरिमा,
कैदी भाछु मुख फोरी बाउन पाइन आमा ।
- आहुति गजल संग्रह भित्र बाट