गजल

- दमन राई
राष्ट्रियता जोगाउने तीरहरु सम्झें ।
विश्वमै स्वाभीमानी शीरहरु सम्झें ।

झुकेर ईतिहास सम्झदा खेरी,
साहसी देशभक्त बीरहरु सम्झें ।

काँगडाका भाज्याङ अनि चौतारीहरु,
पुर्खाको नासो यी भीरहरु सम्झें ।

आफ्नो चिहान आफै खन्दै युद्ध मैदानमा,
आफ्नैलागि बोकिएका चीरहरु सम्झें ।
हलेसी साहित्यीक मञ्च नेपाल खोटाङ