दशै गजल


-निष्प्रभ सजी
फेरी दशैको आहार बन्न च्याङ्राहरु झर्दै होलान् ।
झर्दा झर्दै खोल्सा भित्रै कती तेसै मर्दै होलान् ।

के को चाडरुआफ्नो जिउमा च्यात्तिएको भोटो मात्रै,
केटाकेटी आफ्नै गरीब बाउको आँखा तर्दै होलान् ।

रित्तो होला भकारी नि रित्तै होला डालो पनि,
सोच्दैछु म यो दशैमा तिन्ले के के गर्दै होलान् ।

कहिले होला पार लाग्ने यो दुखीको दुस्ख पनि,
फेरी पापी देउता सम्झी तेस्कै भर पर्दै होलान् ।