पत्थर गजल साधना सम्मान पुरस्कार २०६६ पोखराकालक्ष्मण थापालाई

- कपिल भट्ट
एक सय ४४ औँ मोती जयन्तिको अवसरमा सुदूरपश्चिमाञ्चल गजल मञ्चले बृहत गजलप्रतियोगिता सहित गजल सम्मान कार्यक्रम शनिबार धनगढीमा सम्पन्न गरेको छ ।
गजल विधाको संरक्ष तथा सर्म्वर्द्धन गर्ने उद्देश्यले स्थापित मञ्च धनगढीद्वारा,आयोजित एक साहित्यिक कार्यक्रममा गजलकार सम्मान एवं बृहत गजल प्रतियोगिता सम्पन्न गरेको हो ।गजलकार श्रेष्ठ प्रिया पत्थरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ गजलकारद्वय पोखराका लक्ष्मण थापा र नेपालगञ्जका खगेन्द्र गिरी "कोपीला" लाई सम्मान गरिएको छ ।
वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरद्वारा स्थापित "पत्थर गजल साधना सम्मान पुरस्कार २०६६ द्वारा यस वर्षलक्ष्मण थापा सम्मानित हुनुभएको हो, भने गजल रत्न उपाधी २०६६ द्वारा खगेन्द्र गिरी "कोपीला"लाई सम्मानित गरिएको छ ।कार्यक्रममा वृहत गजल प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगितामा विरेन्द्र वेहोसी प्रथम, चन्द्रकला जोशी 'रोदन' द्वितिय, अशोक असफल तृतिय र कमल विरही थापा, अर्जुन बेधरले सान्त्वना स्थान प्राप्त गरेका थिए ।कार्यक्रममा हिक्मत सिंह र भरत गिरीको लाली किरण नामक गजल संग्रह, प्रकाश छेडालको अपरिचित मनुष्य गजल संग्रह, दीपक "विरही" सञ्ज्याल को काँडा माथिको माया, हरिष किरण "छदयानुरागी"को विरही र व्रि्रोही आवाज गजल संग्रह र टिकाराम सुनार "र्साई र्समर्पण" को र्समर्पणका चोट नामक उपन्यास विमोचन गरिएको थियो ।
मञ्चका अध्यक्ष टोपेन्द्र शाह "रसिक" को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलाली जनपुस्तकालयका अध्यक्ष दिनानाथ भट्ट, कवी पदमराज जोशी, मनिराज जोशी, गजलकार ऋचा लुइटेल, हेमन्ती जोशी, शिवराज योगी "आँशु", टि एन जोशी "किसोर", धिरज त्रिवेणी, भुवन बोहरा 'निस्तेज' अशोक बोहरा 'असीम पीडा' हेमवावु
लेखक, अज्ञात शर्मा,खगेन्द्र भट्टर्राई, सेतराज संगम, जनक रसिक, प्रभाकर भण्डारी,,पि.के. नारायण, दिपा ऐर "उदासी", सुरत रावत "डोटेली कान्छा", लेखराज जोशी "विरही र्साईलो", योगेश रावल लगायतका गजलकारहरुले रचनाहरु वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन निरन्जन वमले 'टीएम'ले गरेका थिए ।