गजल


सुरज पौडेल


तिमीले नै  मलाइ नजरवाण,  हान्न  सिकायौ ।
छाडिदियौ फेरी आज चुरोट, तान्न सिकायौ ।

मलाइ साथ दियौ हिजो, आज शायद कसैलाई,
तिमी जस्तै मलाइ पनि अरु,  छान्न सिकायौ ।

सगै थियौ  जब तिमी, लाग्थ्यो सत्ययूग थियो,
गयौ  तिमी अनि   कलियूग, जान्न  सिकायौ ।

हिजो  तिम्रो बाटोमा,  जिन्दगीलाई  हिडाएँथे,
आज  भने जिन्दगीको बाटो,  मान्न सिकायौ ।

Phy_suraj11@yahoo.com