तेह्रथुममा गजल प्रतियोगीता



तेह्रथुम । नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुमले तेह्रथुमको शुक्रबारे बजारमा खुल्ला गजल प्रतियोगीता सम्पन्न गरेको छ । 
प्रतियोगितामा रुपाञ्जली लिम्बू प्रथम दिलेन लिम्बू, द्वितिय र आईन्द्र मादेन तृतिय स्थान प्राप्त गर्नुभएको थियो । प्रथम, द्धितिय र तृतिय हुने गजलकारहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो साथै सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा ९ जना गजलकारहरुको ससहभागीता थियो । 
कार्यक्रममा रुपाकोट एफ एम खोटाङका गजलकार सम्झना भुजेल, गणतन्त्र एफ एम ससुनससरीका गजलकार ‘दुखी रहेको सन्देश’, बी एफ एम मोरङका गजलकार धनुषा अन्जान चेम्जोङले फोन मार्फत ससहभागीता जनाउनु भएको थियो सो कार्यक्रममा विभिन्न राजनिति दलका प्रतिनिधि विभिन्न संघससंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
नेपाल गजल प्रतिष्ठानका संस्थापक केन्द्रिय अध्यक्ष एकु घिमिरेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानको शाखा तेह्रथुमका अध्यक्ष दिल पाक्ससावा ‘नामराक’को सभापतित्वमा सम्पन्न कार्यक्रममा फक्ताङलुङस सांस्कृतिक मञ्च र ससंघीय लिम्बुवान कलाकार परिषदको समेत सांस्कृतिक प्रस्तुति रहेको थियो साथै कार्यक्रमको संचालन नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुमका सचिव नाम्सामी प्रकाश पाक्सवाले गर्नुभएको थियो  ।