गजल

दिल पाक्सावा ‘नामराक’ 
    
काँडा बिचमा फुल्छ दुखेर फूल ।
टाढा क्षितिज पारी  लुकेर फूल ।

रोयो बिचरा साह्रै खडेरी लाग्दा,
फेरि ओईली गयो  झुकेर फूल ।

धोको उसको ठूलो सुगन्ध छर्ने,
साथ  नपाई  हेर  सुकेर फूल ।

स्वार्थी संसारबाट बिदाई भयो
बाँच्ने आधारबाट  चुकेर फूल ।

dilpratikshya@gmail.com