गजल

- पवन मगर
तिर्खाएका मेरा नजर कुनै भूल बनेकी ।
माफ गरिदिनु ति हृदयमा बिझ्ने शूल बनेकी ।

बिर्सनै नसक्ने एक झलकको पर्खाई थियो,
तर तिमी स्वागतमा आहा१ कती राम्री फुल बनेकी ।

पाउनु मात्र होइन भन्छन् मायाप्रिती जीवनमा,
साट्दासाट्दै मायाप्रिती कतै, तिर्खा मेट्ने मुल बनेकी ।

आधा बैंस ढली सक्यो तर तिमी आईनौ,
चौरास्तामा पर्खिईबस्दा ओईलीएको तुल बनेकी ।