गजल

- पलास सन्जीवनी
कस्को कस्तो आशा गरु हारेको यो जिन्दगीमा ।
अन्कुश लगाई झटारोले झारेको यो जिन्दगीमा ।

जुगौ जिउने मिठा सपना भता भुङ बनाएर,
निष्ठुरिले बास भत्काइ सारेको यो जिन्दगीमा ।

मुटु माथि किला गाडी छिय्या-छिय्या पारी,
साध छुट्याइ काढे तारले बारेको यो जिन्दगीमा ।

सगरमाथा चडने भनी हिन्दसागर तिर लागि,
वल्लो घाट न पल्लो तिर पारेको यो जिन्दगीमा ।

तिमीलाई काढ्दा मलाई पनि दुख्छ भन्ने निस्ठुरिले,
लाउदा लाउदै चट्टै माया मरेको यो जिन्दगीमा ।