गजल

- कमल विरही थापा
यहाँ कुनै फूल नतोड समावेशीको वाग हो यो ।
हिमाल, पहाड, तर्राई अनी साँझा भाग हो यो ।

कोही निचो, कोही उँचो हुनु हुदैन कतै यहाँ,
सबै एउटा बनि बस्नु मेरो मनको माग हो यो ।

सधै भन्थ्यौ नी यहाँ रक्त आँशुको राग आउँछ,
म भन्छु अब सुन मिलापको नै राग हो यो ।

यो बीचमा बलेको यो कुनै अग्नी होइन,
समानताको ताप र्छने भावनात्मक चिराग हो यो ।

टाढालाई नजिक पार्ने, आत्मा संगै जोड्ने,
विश्वबन्धुत्वमा बाँच्न सिकाउने खुराक हो यो ।
- अत्तरीया, कैलाली