गजल

- प्रकाश छेडाल अपरिचित
पिरतीको लाग्यो प्यास, सक्छौ भने मेठ्न आऊ ।
विपनीमा पर्राई जस्तै, सपनिमा भेट्न आऊ ।

आँखा अघि हुन्छौ तिमी, अँगाल्न सक्दिन म,
सक्छौ भने कहिले काँही, दिलको तार रेट्न आऊ ।

सुन्दर त्रि्रो जीऊ डाल, चञ्चले त्यो आनीबानी,
हेरी मनको माया उल्र्यो, सके समेट्न आऊ ।

सायद तिमी पर्राईको, अँगालोमा बाँधिई सक्यौ,
त्यसो भए प्रितलाई, तिमी लखेट्न आऊ ।

यदी तिमी साँच्चै मेरी, हुन सक्छौ भने
यो दिलको ओछ्यानमा, तिमी नै लेट्न आऊ ।