गजल


- वसन्त विवश आचार्य
रुदाँरुदैँ तिमी आयौ, हास्नँ सिकायौ ।
पहाड फोर्दै पीरहरुको, वाँच्न सिकायौ ।

झरिरहने आसुँको, मुल्य हुदैन भनि,
परेलीमै सारा आँसु, साच्नँ सिकायौ ।

टुक्रा टुक्रा भएर, छरिएको ह्रदयलाई,
पिरतीको सियोले, गाँस्न सिकायौ ।

आफैवाट वग्दै वग्दै, रित्तिदै थिए म,
सम्हालेर तिमीले वाँध्न सिकायौ
- तुलसीपूर -४ शिवनगर, दाङ्ग