गजल


- रविन्द्र दिखुक्पा "बाखाछा"
नफुल्दै सयपत्री मखमली वैलाएर झर्यो बैनी ।
सँगै बसी फूलटीका लाउने आशा मर्यो बैनी ।

तिमी थियौ हाँसो खुशी सबै थियो जिन्दगीमा,
आज तिमीसँगै हाँसो खुशी बसाइँ सर्यो बैनी ।

नाम मात्रको भाइटीका आउछ अनि जान्छ सधै,
निष्ठुरी दैवले खै के यस्तो माया दया गर्यो बैनी ।

न त फूल्छन् फूलहरु न त आउछ देउसी भैलो,
अभागीको भाग्य खोटो कुन भावीले भर्यो बैनी ।

न त आफ्नो फूलमाला न त कोही चेलीबटी,
भक्कानिदै विरहमा एक्लै रोई बस्नु पर्यो बैनी ॥