कविराजको गजलसंग्रह 'झण्डाहरु फाटेपछि'

विराटनगर ३० असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०१ औं जन्मजयन्तीका अवसरमा शुक्रबार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानले गजलकार कविराज पोखरेलले लेखेको 'झण्डाहरु फाटेपछि' गजलसंग्रह वरिष्ठ समालोचक दधिराज सुवेदीले विमोचन गर्नु भयो ।
विमोचित कृतिमाथि देवी पन्थी, भूषण ढुङ्गेल, मधु पोखरेल, ज्योति जंगल, गंगाधर कट्टेल, सुमन पोखरेल, मीनकुमार नवोदित, डम्बर घिमिरेले टिप्पणी प्रस्तुत गरेका थिए ।
समारोहमा वरिष्ठ कवि कृष्णभूषण बल, प्रतिष्ठानका सचिव गोकुल अधिकारी, कृतिका लेखक कविराज पोखरेलले आ-आफ्नो मन्तव्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा भएको विमोचन समारोहको सञ्चालन कवि भेषराज पोखरेलले गर्नु भएको थियो ।