गजल


- पवन मगर
अधेरी रात यहाँ यस्तै छ उजेली दिपावली तिमीलाई बधाई !
रमाउछु म त उदासी नै सुशेली दिपावली तिमीलाई बधाई !!

कैयौं पटकका कोशीस ब्यर्थ भए थिग्रिएन शंकाहरु !
कुरुप भए पुर्णिमाका जुनेली दिपावली तिमीलाई बधाई !!

हल्ला पनि प्यारा हुन्छन देउसी भैलि खेल्नेहरुलाई !
हांसिरह्यौ हानेर गुलेली दिपावली तिमीलाई बधाई !!

निभाएर आगो के हुन्छ जलीसक्यो घर बनेर खरानी !
पोल्योकी सोध्छ्यौ अगुल्टो झुसेली दिपावली तिमीलाई बधाई !!

सुनसान आंगन कसिङरको गहना, एक्लियो पधेंरी पनि !
बगेरहेछ नैनबाट सगर नुनेली दिपावली तिमीलाई बधाई !!