गजल

लिलप्रकाश चन्द
खै ! परिबन्दले मलाई कस्तोकस्तो बनायो !
सतह मै छु तर बिलिन भए जस्तो बनायो ।


आसा अनि संभाबना , धेरै थिए हिजो सम्म,
आखिर न आफ्नो न बिरानो यस्तो बनायो ।

फर्कि हेर्छु सब थोक गुमाई सकें जस्तो लाग्छ,
अप्ठेरा घुम्तीमोडले सायद अभेस्त बनायो ।

चाहानाको पोको सबै थोत्रो थोत्रो भैसकेपनि,
हर क्षण, घडी र पलपलमा ब्यस्त बनायो ।

बारबार अचेल म मान्छेको बजार खोजिरहेछु,
मोफसलमा बस्यो जति झन सस्तो बनायो ।।
abhimat.lil@gmail.com