गजल

 अन्जान ढकाल
तिमी गाउँथ्यौ मधुर स्वरमा म त सँधै नाँचेको थिएँ ।
कसैलाई नदेउ भन्थ्यौ यसैले त साँचेको थिएँ ।

उदास बन्थ्यौ कहिले काहीं व्यर्थै मायाँ लाएँ भन्दै,
भर छैन तिम्रो भन्थ्यौ पल पलमा जाँचेको थिएँ ।

तिमी मात्र लिने तर खै त मेरो भाग भन्थ्यौ,
आफ्नो सिंगो जिन्दगी यो टुक्रा टुक्रा भाँचेको थिएँ ।

आखिर भाग्यौ तिमी टाढा सपना पनि लुटिदिइ,
म त तिम्रै आश गर्दै तिम्रै लागि बाँचेको थिएँ ।