गजल

विपल बोयुङ
आँशु पिई प्यास मेट्छौ खडेरीमा तिमी ।
धाउँछौ आखिर कस्कालागि पधेंरीमा तिमी ।

बेदनाको बलेसित्यो बगेका छन् आधारबाट,
कति पोख्छौ बूँदहरु परेलीमा तिमी ।

नाम होइन धर्ती भन्ने उपनामछ तिम्रो,
काट्छौ अझै कतिजुनी अँधेरीमा तिमी ।

बनायथ्यो सृसटीकर्ता प्रकृतिले तिमीलाई,
रोप्छौ कति आँशुकाफूल मझेरीमा तिमी ।

त्यो संस्कारको दाहासस्कार गर्नैपर्छ अब,
युगले भन्छ उठ नारी तयारीमा तिमी ।